+
+

भायानेट पब्लिक कम्पनी हुने, आईपीओ जारी गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १९:३४

काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालि नयाँ आर्थिक वर्ष सुरु भएसँगै पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ ।

पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको जनाएको छ ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा भायानेटले सेवा प्रारम्भ गरेको थियो । सन् २०११ मा भायानेटले पहिलो पटक फाइबर-टू-द-होम (FTTH) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेको हो ।

सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवा सञ्चालनमा ल्याएको थियो । भायानेट देशका ३० शहरमा विस्तारित भइसकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?