
१६ कात्तिक, विराटनगर । निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिडेका नेकपा क्रान्तिकारी माओवादीका दुई नेता पक्राउ परेका छन् ।
मोहन वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र सोही पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेश श्रेष्ठ मोरङको बेलबारीबाट पक्राउ परेका हुन् ।
मङ्सिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कारको पोष्टार टाँस्दै हिडेका उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको सो पार्टीकी नेतृ अप्सरा बानियाले जानकारी दिइन् । मोहन वैद्य नेतृत्वको पार्टीले देशभर निर्वाचन बहिस्कार अभियान सञ्चालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले आचार संहिताविपरीत कार्य गरेका कारण पक्राउ पछि सम्झाएर छाडिएको जानकारी दिए । ‘आचारसंहिता विपरित पोष्टर टास गरेका कारण पक्राउ परेका थिए,’ उनले भने, ‘सम्झाई बुझाई गरेर छाडेका छौं ।’
प्रतिक्रिया 4