
१७ कात्तिक, काठमाडौं । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ ।
यही कात्तिक १३ गते वीरगञ्ज महानगरपालिका-३२ मा ५९ वर्षीय चोकट महतोलाई ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टरका चालक भने अझै फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4