+
+

सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने स्वतन्त्र पार्टीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १४:३०

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासन : जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने बताएको हो ।

बाचा पत्रमा लेखिएको छ, ‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपुर्ति दिने समेत उल्लेख गरेको छ ।

यस्तै सरकारी कामकाजको लागि भर्नुपर्ने कागजातहरु सरकारी कार्यालयमै निःशुल्क भर्ने व्यवस्था गराउने, कर्मचारीहरुको आधारभूत आवश्यकता सरकारले पूर्ति गर्ने लगायतका विषय बाचापत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?