+
+

आर्टुडियोले काठमाडौं र जनकपुरमा भित्तेकला उत्सव गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १६:०४

काठमाडौं । आर्टुडियोले समावेशीकरण र समानता विषयमा केन्द्रित भित्तेकला उत्सव गर्ने भएको छ । अमेरिकी दूतावाससँगको सहकार्यमा हुन लागेको उत्सवमा सहभागिताका लागि नेपाली कलाकारलाई आह्वान गरिएको छ ।

भित्तेकला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्ष उमेर समूहका कलाकार, म्युरलिस्ट, सडक र ग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सिर्जनात्मक अभ्यासकर्ताले आवेदन दिन पाउनेछन् ।

नोभेम्बर १३ सम्म आवेदन दिन सकिने जनाइएको छ । छनोट हुने कलाकारलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्तेचित्र सिर्जनामा सहभागी गराइनेछ ।

जसबाट कलाकारका अवधारणा चित्रमध्ये १० विशिष्ट कला अवधारणा छनोट गरिने जनाइएको छ । सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकाले भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको जनाइएको छ ।

सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशनको संयोजन गरेर सहरका भित्ताहरुलाई जीवन्त बनाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

आर्टुडियोका संस्थापक तथा कलाकार केलाश श्रेष्ठका अनुसार नेपाली स्थानीय कलाकार र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित भित्ते चित्रकारबीच सहकार्य गरिने यो कार्यक्रमले सार्वजनिक थलोको सम्मान, कलाकारहरूबीच सहकार्य आत्मनिरीक्षण प्रवर्द्धन र आम समुदायलाई सकारात्मकतातर्फ उन्मुख हुन प्रेरित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?