
काठमाडौं । राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माता र आमेशबीच लिखित सम्झौता भएको छ ।
मंसिर ७ गतेदेखि छायांकन सुरु हुने फिल्ममा लामो समयपछि राजेन्द्र खड्गी द्वन्द्व निर्देशकको रुपमा कमब्याक गर्दैछन् । फिल्मका अन्य कलाकारको छनोट भइरहेको निर्देशक राजु गिरीले जनाए । करिब ७० वर्षअघिको ऐतिहासिक सामाजिक कथावस्तुमा फिल्म बन्न लागेको उनले बताए ।
लमजुङको भुजुङ खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिने भएको छ । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुति, निर्माण, कथा र गीत नारायण खातीको रहनेछ ।
सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेल लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।
प्रतिक्रिया 4