
१७ कात्तिक, काठमाडौं । जबर्जस्ती करणी मुद्दा क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट कानुन व्यवसायीको बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा मंगलबारदेखि जारी थुनछेक बहसमा बिहीबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए ।
सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । यो मुद्दामा शुक्रबार सरकारी वकिलहरुले बहस गर्नेछन् ।
बिहीबारको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले जाहेरीकर्ता बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन् । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ छ ।
‘भोलि सरकारी पक्षका वकिलहरुको जवाफ बाँकी छ । फर्स्ट आवरमा उहाँहरुले जवाफ पेस गर्नुहुनेछ । त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ’ उनले भनिन् । सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया 4