+

बेलबारी गोल्डकपमा आयोजक डाँगीहाट सेमिफाइनलमा

२०७९ कात्तिक  १७ गते १९:२० २०७९ कात्तिक १७ गते १९:२०
बेलबारी गोल्डकपमा आयोजक डाँगीहाट सेमिफाइनलमा

१७ कात्तिक, विराटनगर । आयोजक डाँगीहाट युथ क्लब  बेलबारीमा जारी पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार झापाको रोलिङ एफ्सी धुलाबारीलाई  टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गरे ।

खेलको म्यान अफ दि म्याच आयोजकका गोलरक्षक गिरीले ५ हजार नगद पुरस्कार पाए ।

शुक्रबार सहलेस युथ क्लब सिरहा र क्यामरुनको एभिनीयर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने  गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।

बेलबारी गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय