
१७ कात्तिक, विराटनगर । बिहीबार बिहान विराटनगर- २ को मुख्य क्षेत्र तीनपैनी चोकमा भिडभाड थियो । भेला भएका समर्थकलाई सम्बोधन गर्दै सत्ता गठबन्धनका उम्मेदवारले भोट मागे ।
गठबन्धनको आवश्यकता सम्झाउँदै एमालेले चुनाव जिते संविधान नै खतरामा पर्ने बताए । चोकमा सत्तारुढ गठबन्धनका नेताहरुले कोणसभा गरिरहदा नेकपा एमालेका नेता कार्यकर्ता भने तीनपैनी चोक पूर्वका घरहरुमा घरदैलो गरिरहेका थियो ।
निर्वाचन आयोगले सभा जुलस गर्नका लागि अनुमति दिएको दिन बिहीबार बिहान सत्तारुढ गठबन्धनले क्षेत्र नम्बर ४ मा र्याली निकालेको थियो । पुष्पलाल चोकबाट सुरु भएको र्याली तीनपैनी चोकमा आएर कोणसभा गरेर सकियो ।
कोणसभामा सत्तारुढ गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदी, क्षेत्र नम्बर ४ ‘ख’का उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले सम्बोधन गरे ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीका सहयोगी उमेश ढुङ्गानाले तीनपैनी चोकमा गठबन्धनको कोणसभा पूर्वनिर्धारित नै भएको बताए ।
तीनपैनी चोक नजिकै नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाल र क्षेत्र नम्बर ४ को ख का प्रदेशसभा सदस्य उम्मेदवार जीवन घिमिरेले घरदैलो गरिरहेका थिए ।
वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेलले दुवै उम्मेदवारलाई घर–घर पुर्याएर परिचय गराए । ढकालले प्रतिनिधिसभा र घिमिरेले प्रदेशसभामा भोट माग्दै प्रतिवद्धता पत्र दिए ।
एमालेका नगर अध्यक्ष सागर थापाले घरदैलो पूर्व निर्धारित भएको बताए ।
प्रतिक्रिया 4