+
+

निर्वाचन आयोगले माग्यो मधेशका मुख्यमन्त्री र मन्त्रीले प्रयोग गरेको गाडीको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते २०:४३

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मधेशका मुख्यमन्त्री, मन्त्रीहरुले चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको छ ।

मुख्यमन्त्री र मन्त्री र प्रदेशसभाका विभिन्न समितिका निवर्तमान सभापतिहरुले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा हिँडेको उजुरी परेपछि आयोगले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयसँग विवरण माग गरेको हो ।

उल्लिखत पदाधिकारीहरुलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु…फिर्ता गरी दाखिला भए नभएको यकिन विवरणसमेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयअनुसार अनुरोध गरिन्छ’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

आयोगले मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका विभिन्न समितिका सभापतिले सरकारी सवारी साधन प्रयोग गरेको भए त्यस्ता सवारी साधन नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

पदबाट हटेपछि पनि सरारी सवारी साधन नबुझाई लगेको वा त्यस्ता सवारी साधन निजी नम्बर प्लेट राखेर प्रयोग गरेको भेटिए नियन्त्रणमा लिन निर्देशन दिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?