
नेपाली सेनाको हेलिकोप्टरबाट ओर्लिएर मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् ।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम छ । उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्नेछिन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् । मुक्तिनाथ दर्शन गरेपछि उनी बुद्ध मूर्ति अनावरण तथा विष्णु मूर्ति शिलान्यास समारोहमा सहभागी भइन् ।
मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4