
काठमाडौं । अनलाइन सपिङ पोर्टल दराजमार्फत सामान खरिद गर्ने ग्राहकले नेपाल बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने भएका छन् । ३० कात्तिकमा पर्ने ८६औं वार्षिकोत्सवको अवसर पारेर बैंकले दराजसँग सम्झौता गरेको हो । यो योजना २५ कात्तिकदेखि ३ मंसिरसम्म लागु हुनेछ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्नका लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4