
काठमाडौं । चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि अक्षय कुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को नेपाल रिलिज रोकिएको छ ।
बोर्डका प्रदर्शन तथा वितरण अधिकृत गिरीश शर्माले दिएको जानकारीअनुसार वितरकले समयमै कागजपत्र पेस नगर्दा फिल्मले सेन्सरको अनुमति नपाएको हो ।
वितरण संस्था डिजिटल सिनेमा नेपाल (डीसीएन)ले उक्त फिल्मलाई शुक्रबार नेपालव्यापी रिलिजको तयारी गरेको थियो । डीसीएनका वितरण प्रमुख दीपक दंगालले पनि सेन्सर अनुमति प्राप्त नहुँदा रिलिज रोकिएको पुष्टि गरे ।
कात्तिक १ गतेदेखि फिल्म रिलिज गर्न चाहने वितरकले एक साता अगावै बोर्डमा सेन्सरको लागि कागजपत्र पेस गरेर अनुमति लिनुपर्ने नयाँ नियम छ । रोकिएको फिल्म ‘रामसेतु’ अब कम्तीमा एक साता रिलिज हुनेछैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4