१८ कात्तिक, काठमाडौं । टाईगर ग्रुपको आयोजनामा टाईगर कप भलिबल प्रतियोगिता आगामी माघ दोस्रो साता सुरु हुने भएको छ ।
तेस्रो संस्करणको प्रतियोगिता माघ ८ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको हो । आयोजक टाइगर ग्रुपले प्रतियोगिता आयोजनाका लागि माघ ८ गते देखि १४ गतेसम्मको मिति नेपाल भलिबल संघसँग माग गरेकोमा संघले उक्त मितिमा गर्न स्वीकृति दिएको हो ।
कात्तिक १५ गते बसेको नेपाल भलिबल संघको कार्यसम्पादन समितीको निर्णयले सो मितिमा प्रतियोगिता गर्न स्वीकृति दिएको हो ।
प्रतिक्रिया 4