+
+

महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १९:०३

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

व्यावसायिक कर्जा योजना अन्तर्गत ‘सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरुलाई थप ऊर्जा’ ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदरतथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?