+
+

स्वतन्त्र नागरिक समूहले चुनाव बहिस्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १२:३४

१९ कात्तिक, बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको भन्दै संविधान संशोधनका लागि दबाव दिन चुनाव बहिस्कार गर्न लागेको बताए ।

३६ जिल्लामा स्वतन्त्र नागरिक समूहको संगठन सञ्जाल रहेको समूहका महासचिव टोपबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?