
१९ कात्तिक, रोल्पा । नेकपा एकीकृत समाजवादी रोल्पाका १५ जना नेता कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल घर्तीमगरले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन ।
एमाले प्रवेश गर्नेहरुमा नेकपा एकीकृत समाजवादी रोल्पाका उपसचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य किरण वुढामगर, पार्टी जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू रोल्पाका अध्यक्ष प्रताप वुढामगर, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा रोल्पा नगरपालिका अध्यक्ष मनवीर खड्का, पार्टी जिल्ला कमिटी सदस्य तथा युवा संघ रोल्पाका सचिव प्रशान्त वुढामगर छन ।
एकीकृत समाजवादी परित्याग गरि एमाले प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा पार्टी जिल्ला कमिटी सदस्य तथा रोल्पा नगर कमिटी उपाध्यक्ष टिकावहादुर खड्का, पार्टी जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू रोल्पाका उपाध्यक्ष पारस वली, पार्टी जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू रोल्पाका उपसचिव दिपेश वुढामगर छन ।
पार्टी परित्याग गरि एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरुमा पार्टी जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू रोल्पाका उपसचिव ज्योती खड्का, अनेरास्ववियु जिल्ला कमिटी रोल्पाका उपाध्यक्ष धनप्रसाद विक, पार्टी जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू रोल्पाको सदस्य धनमाया केसी, पार्टी जिल्ला कमिटी सदस्य तिर्खराम घर्ती,निमवहादुर वुढा, अनेरास्ववियू रोल्पाका सचिव भरत भण्डारी,अनेरास्ववियू रोल्पाका सदस्यहरु भूपेन्द्र वुढा, साहिल वुढा र नविन थापा छन ।
प्रतिक्रिया 4