
काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।
भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्बित गर्ने पोशाक प्रस्तुत गरिन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतिको हरियो रङबाट उनको कस्ट्युम प्रभावित थियो ।
जोखिमको सूचीमा परेको चरा काँडे भ्याकुरलाई पनि पोशाकमा चित्रण गरिएको छ । काठमाडौंको सभ्यता सुरु भएको ठानिएको चोभार गल्छीमा खिचिएको आकर्षक भिडियो पनि सरिशाले मिस अर्थमा प्रस्तुत गरिन् ।
सुनैना शाहीले डिजाइन गरेको यो पोशाकले सरिशालाई यो सबटाइटल जित्न मद्दत पुग्ने अपेक्षा द हिडन ट्रेजरले गरेको छ । नोभेम्बर ११ मा सरिशा मनिलातर्फ प्रस्थान गर्ने कार्यक्रम छ भने मिस अर्थको फिनाले नोभेम्बर २९ मा हुनेछ ।
प्रतिक्रिया 4