
२० कात्तिक, काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । १८ कात्तिक शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको १३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको पस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वाषिर्क साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4