
काठमाडौं । आगामी फागुन ५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टरमा फिल्मका सबै कलाकार अटाएका छन् । साथै पोस्टरले पात्रहरुको लुक्स पनि प्रस्तुत गर्छ ।
विपिन कार्की फिल्ममा ५८ वर्षीय पुरुषको भूमिकामा छन् । उनी अरुणा कार्कीको अपोजिटमा देखिंदैछन् । पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ र शिल्पा मास्के पनि फिचर्ड छन् ।
उपेन्द्र सुब्बाद्वारा लिखित फिल्मलाई मनिष ढकालले निर्माण गरेका हुन् । परिकल्पना र कथा कमलकिशोर मलपानीले गरेका हुन् । फिल्मलाई यशोधा फिल्म्सले निर्माण गरेको हो ।
निर्देशक गुरुङको निर्माण रहेको अर्को फिल्म ‘जारी’ आगामी वैशाख १ गते प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4