
रुपन्देही, सखुवानी । सखुवानी नजिकैको फर्साटिकरमा दलका नेताहरु पालैपालो पुग्छन् । प्रत्येकजसोले बाटो, बिजुली र अस्पतालका कुरा झिक्छन् । यहाँका नागरिकको पीडा भने अर्कै छ ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका गाउँहरुमध्ये सखुवानी एउटा हो, जहाँबाट अनलाइनखबरले यो भिडियो लाइभ गरेको थियो । यस भिडियोमा हामीले १० महिलाहरुसँग कुराकानी गरेका छौं, जसमध्ये प्रमुख सरोकारका रुपमा लालपुर्जाको विषय उठेको छ ।
सखुवानीकी फूलमाया घिमिरे भन्छिन्, ‘हाम्रा मागहरु अर्कै छन्, जग्गाको लालपुर्जा, महँगाई । तर नेताहरु विकासकै कुरा गर्दै आउँछन् ।’ उनलाई सघाउँदै तारा भण्डारीले भनिन्, ‘भोट दिएपछि सिरानीमै लालपूर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन् ।’
तस्वीर/भिडियो : शंकर गिरी
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4