
काठमाडौं । नेपाली फिल्म ‘गड्ज बफेलो’ (भगवानको भैंसी)ले क्यानडाको प्रतिष्ठित माउण्टेन फिल्म एण्ड बुक फेस्टिभलमा स्पेसल जुरी मेन्सन अवार्ड जितेको छ ।
नेपाली फिल्मका निर्माता तथा छायांकार समेत रहेका विष्णु कल्पितले निर्देशन गरेको यो १४ मिनेट लामो फिल्मले अन्य अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको छ ।
फिल्मले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले भैंसी बगाएपछिको कथावस्तु पेस गर्छ । बाढीले बगाएको गर्भिणी भैंसीलाई उद्धार गर्न भैंसी मालिकले गरेको संघर्ष र सफलता यसमा चित्रण छ ।
यो फिल्मले काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सर्वोत्कृष्ट डकुमेन्ट्री र इसिमोड अवार्ड पनि जितिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4