
काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करण आयोजना हुने भएको छ । भक्तपुरको शंखधर पार्कमा आयोजित पत्रकार सम्मेलनमा नयाँ संस्करणको औपचारिक घोषणासँगै फारम खुलेको जानकारी गराइयो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत–संगीतका सबै विधालाई समेटिने जनाइएको छ ।
लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतलाई अवार्ड प्रदान गरिने महासचिव वविता श्रेष्ठले जानकारी दिइन् ।
अवार्डको उत्कृष्ट पाँच मनोनयन पुस २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै गरिने आयोजकले जनाएको छ । यस वर्ष ३६ विधामा अवार्ड प्रदान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4