२० कात्तिक, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई १-० ले पराजित गरेको छ ।
यस जितले आर्सनल शीर्ष स्थानमै फर्किएको छ ।
चेल्सीलाई उसैको मैदानमा पराजित गर्न आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दोस्रो हाफमा निर्णायक गोल गरे ।
उनले बुकाया साकाको पासमा ६३ औं मिनेटमा गरेको गोलले आर्सनलले ३ अंक जोडेको हो ।
जितपछि १३ खेलबाट ३४ अंक जोडेको आर्सनल म्यानचेष्टर सिटीलाई पछि पार्दै एक दिनपछि नै शीर्ष स्थानमा उक्लेको छ । सिटी ३२ अंकसहित दोस्रो स्थानमा छ । चेल्सी १३ खेलबाट २१ अंकसहित सातौं स्थानमा छ ।
प्रतिक्रिया 4