
२० कात्तिक, धनगढी । कैलाली–५ मा पार्टीका उम्मेदवार विरुद्धमा मत मागेको भन्दै नेपाली कांग्रेसले पूर्व जिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ ।
प्रचारप्रसार विभाग प्रमुख तपेन्द्र भुसालले पूर्व सचिव कुँवर, महाधिवेशन प्रतिनिधिद्वय गौरी लामा, भीमबहादुर शाह, पूर्वमहासमिति सदस्य आनन्दराज जोशी र छत्रराज जोशी, बब्लु चौधरी, क्षेत्रीय प्रतिनिधि दीर्घराज भट्ट र राजकुमार सिह लगायतलाई स्पष्टीकरण सोधेको बताए ।
उनीहरुलाई पार्टीका उम्मेदवारविरुद्ध लागेकाले अनुशासनको कारवाही किन नगर्ने भनेर सोधिएको छ । २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको भूसालले बताए ।
कैलाली–५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाको पक्षमा मत माग्नेहरुलाई कांग्रेसले स्पष्टीकरण सोधेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4