
तपाईं एक मिनेटमा कति पटक ताली बजाउन सक्नुहुन्छ ? एकजना युवकले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ ।
एक मिनेटमा सबैभन्दा धेरैपटक ताली बजाएर कीर्तिमान कायम गर्ने व्यक्ति अमेरिकी नागरिक डाल्टन मेयर हुन् ।
उनले रेकर्ड कायम गर्नका लागि नाडीको ताली विधि प्रयोग गरेका थिए । उक्त विधिमा नाडी तथा औंलाको प्रयोग गरी दोस्रो हातको हत्केलामा ताली बजाउनु पर्दछ । उनले गत मार्चमा उक्त अनौठो रेकर्ड कायम गरेका थिए, जुन हालै मात्र गिनिज बुकले मान्यता दिएको हो ।
यसअघि सबैभन्दा छिटो ताली बजाउने उक्त कीर्तिमान इली बिशोप नामका व्यक्तिको नाममा थियो । उनले एक मिनेटमा ११०३ पटक ताली बजाएका थिए । मेयरले उनको कीर्तिमान भंग गरेका छन् ।
भिडियो
प्रतिक्रिया 4