+
+

कैलालीमा बसबाट खसेर मालिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १२:१७

२१ कात्तिक, धनगढी । कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?