
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।
हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरे ।
त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओली र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख कार्कीले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात कलेजका विद्यार्थीहरुका लागि इन्टरसीप अपरट्युनिटी, जब फेयर प्रोग्राम, बैंकिङ अवार्नेस प्रोग्राम, गेष्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने बैंकले जनाएको छ । सम्झौताबाट सहकार्यबाट कलेजका विद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4