
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रबर्द्धित आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडेलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो किमी दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनीको दावी छ ।
पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २ लाख ५० हजार रुपैयाँ बचत गरी व्यवहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना हुने कम्पनीले बताएको छ ।
फायरप्रुफ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल शोक्क अब्सोर्बर, मल्टि मोड्स अफ ड्राईभिङ, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आईएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र १ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये राफ्ट इलेक्ट्रिक स्कुटर रहेको छ । यसले एकपटकको चार्जमा ३ सय २० किलोमिटरसम्मको माइलेज दिन्छ । जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो ।
बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आईएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको र यसका लागि अहिले नेपालमा १० भन्दा बढी डिलर रहेको कम्पनीको भनाइ छ ।
आईएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आईएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गरिरहेको छ । निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4