
काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोमबार सम्पन्न बैंकको २२औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साधारणसभाले आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आब २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०७९/८० को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।
१४ अर्ब ७१ करोड चुक्ता पूँजी रहेको बैंकले आब २०७९/८० को प्रथम त्रैमाससम्म १ खर्व ७३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब कर्जा, सापटी तथा अधिविकर्ष पुर्याएको छ । यस अवधिमा बैंकले १ अर्ब १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
साधरण सभा बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4