
काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतिस्पर्धा आह्वान गरेको छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु फिल्मले ‘रुमालै बाटेर टाइ बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतिस्पर्धा गर्न लागेको हो ।
फिल्मको यो गीतले युट्युबमा रिलिज भएको सात दिनमा ११ लाख भ्युज पार गरेको थियो । प्रतिस्पर्धामा भाग लिन चाहनेले गीतको बोलमा तीनवटा ह्यास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ ।
ती तीन ह्यासट्यागमा रुमाल बाटेर, तिम्रो मेरो साथ र रमेश एमके पौडेल छन् । सहभागीले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । अन्तिम नतिजा पुस २६ गते घोषणा गरिने भएको छ ।
फिल्ममा साम्राज्ञी र पुष्पसहित सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्गबहादुर पुन (खबपु)को मुख्य भूमिका छ । सबीर श्रेष्ठ र बाबुराम निरौलाले संयुक्त रुपमा फिल्म लेखेका हुन् ।
‘तिम्रो मेरो साथ’ पुस २९ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4