+

राष्ट्रिय भेट्रान चेसको उपाधि बद्रिलाल नेपालीले जिते

२०७९ कात्तिक  २१ गते १९:१० २०७९ कात्तिक २१ गते १९:१०
राष्ट्रिय भेट्रान चेसको उपाधि बद्रिलाल नेपालीले जिते

२१ कात्तिक, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपालीले पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।

पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे ।

तीन पटक राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रिलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका उनले बुकोल्स टाइब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेका छन् ।

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा समान ५ दशमल ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए ।

पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारे ।

त्यसैगरी अर्कापूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेश्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे ।

पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न प्रतियोगिताअन्तर्गत सोमबारका दुबै खेल गुमाएपछि पूर्व राष्ट्रिय च्याम्पियन नवीन चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल रहे ।

काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तीर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरे ।

भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समूहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भए ।

बद्रिलाल नेपाली राष्ट्रिय भेट्रान चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय