+
+

कमला नदीमा भूत मेला

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ७:५८

२२ कात्तिक, जनकपुरधाम । आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो ।

घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने जनविश्वास रहेको छ ।

बर्सेनि धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि रहिआएको छ । त्यसैले यसलाई भूत मेला भन्ने गरिन्छ ।

आजका दिन नयाँ-नयाँ धामी झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुन हुने मान्यता छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गंगाजल जस्तै पवित्र मानिन्छ ।

भूत मेला हेर्न कमला नदी किनारमा लाखौंको संख्यामा श्रद्धालुभक्तजन सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?