
काठमाडौं । अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ । सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी सेन्सर बोर्डका सदस्य सन्तोष थापाले दिए ।
गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो फिल्म शुक्रबार नेपालमा रिलिज हुनेछ ।
कात्तिक १ गतेदेखि नेपालमा रिलिजको एक साताअघि नै फिल्म सेन्सरको लागि कागजपत्र बुझाउनुपर्ने नियम छ । तर यो नियम पालना नगरेको भन्दै बोर्डले सेन्सर सिफारिस रोकेको थियो । वितरक र बोर्डबीच रस्साकस्सी नै चलेको थियो ।
बलिउडमा दुई साताअघि नै रिलिज भएर पनि बक्स अफिसमा असफल भएको फिल्मलाई नेपालमा डीसीएन र स्टेसन फाइभले रिलिज गर्न लागेका हुन् । शुक्रबार रामसेतुसँगै अब वाकान्डा फरेभर र उचाइ समेत रिलिज हुनेछन् ।
प्रतिक्रिया 4