
काठमाडौं । चुनाव आउन अब १२ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै सेलिब्रिटीमाझ पनि चुनावी माहौल तातिंदो छ । केही सेलिब्रिटी दल र उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । खुलेरै ती उम्मेदवारको पक्षमा भोट माग्नेदेखि आफूले उनीहरुलाई भोट हाल्ने सार्वजनिक पनि उनीहरुले गरेका छन् ।
नेपाली संगीत र फिल्म क्षेत्रका कलाकारको ठूलो हिस्सा खास राजनीतिक आबद्ध भएको कुरा नौलो रहेन । तर पछिल्लो छिमलका कलाकार पनि खास उम्मेदवार र दलप्रति खुलिरहेका छन् ।
र्यापर आशिष राना ‘लाउरे’ गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुुकमार थापाको पक्षमा खुलेका छन् । थापा गण्डकीका बहालवाला मन्त्री समेत हुन् । इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै लाउरेले संविधानले दिएको उम्मेदवार छनोट गर्ने आफ्नो अधिकारलाई ख्यालमा राख्दै आफूले थापालाई भोट दिने निधो गरेको उल्लेख गरेका छन् ।
अभिनेता तथा निर्देशक निर्मल शर्मा काठमाडौं-४ का मतदाता हुन् । उनले कांग्रेस उम्मेदवार गगन थापासँगको तस्वीर सेयर गर्दा यसले सामाजिक सञ्जालमा समेत चर्चा पाएको थियो ।
उनै शर्मा काठमाडौं-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको चुनावी कार्यक्रममा समेत देखिएका थिए । उनीसँगै फिल्म निर्देशक निश्चल बस्नेत पनि बमको कार्यक्रममा थिए ।
निश्चलले त अर्का स्वतन्त्र उम्मेदवार श्री गुरुङको पक्षमा समेत भोट मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हिमेश पन्तको पक्षमा पनि केही कलाकारले भोट मागिरहेका छन् ।
मंसिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।
प्रतिक्रिया 4