
२२ कात्तिक, काठमाडौं । चिनिया अन्तरिक्ष स्टेसन तियांगोंगको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । उक्त स्टेसन पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनले त्यहाँ शून्य गुरुत्वाकर्षणमा जीवन विज्ञानको अनुसन्धान गर्ने योजना बनाइरहेको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार अन्तरिक्षमा प्रजननको सम्भावनाबारे अध्ययन गर्नका लागि चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा बाँदर पठाउने योजना बनाएको छ ।
बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसले यो परियोजनाको नेतृत्व गरिरहेको छ ।
चीनको तियांगोंग स्पेस स्टेशनमा माइक्रोग्राभिटीमा अध्ययनका लागि आवश्यक वैज्ञानिक उपकरणहरु जडानको काम भैरहेको छ । सन् २०२३ को सुरुवातमा स्टेशनमा रहेको वेन्टियान मोड्यूलभित्र उक्त प्रयोग गर्ने योजना बनाइएको छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसका एक शोधकर्ता झांग लूका अनुसार मुसा तथा अफ्रिकी लंगूर बाँदरमा गरिने उक्त अनुसन्धानका क्रममा ती जीवहरुले अन्तरिक्षमा कसरी प्रजनन गर्दछन् भन्ने हेरिनेछ । यसले माइक्रोग्राभिटी तथा अन्तरिक्षको वातावरणमा जीवहरुको अनुकुलनलाई बुझ्न सहयोग गर्ने बताइएको छ ।
चीनले हालै आफ्नो अन्तरिक्ष स्टेशनको अन्तिम मोड्यूललाई स्टेसनसँग जोडेको छ । चीनको स्पेस स्टेसन टी आकारको हुनेछ, जसमा तियान्हे, भेन्टियान र मेन्गटियन ल्याब मोड्यूल रहेका छन् ।
आगामी वर्ष नै आफ्नो स्पेस स्टेसनमा विभिन्न ९ वटा वैज्ञानिक प्रयोग गर्ने योजना चिनिया मानवयुक्त स्पेस एजेन्सी (सिएमएसए)को छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4