+

आर्थिक, राजनीतिक र व्यवस्थापकीय कठिनाइबीच आयोजित पहिलो विश्वकप

२०७९ कात्तिक  २३ गते ६:०२ २०७९ कात्तिक २३ गते ६:०२
आर्थिक, राजनीतिक र व्यवस्थापकीय कठिनाइबीच आयोजित पहिलो विश्वकप

काठमाडौं । सन् १९०४ मा विश्व फुटबल महासंघ (फिफा) स्थापना भएकै समयमा फुटबल विश्वकप आयोजना गर्ने घोषणा भएको थियो । तर, पहिलो प्रतियोगिता गर्न नै उनीहरुलाई २६ वर्ष लाग्यो ।

आर्थिक मन्दी, व्यवसायिक विश्वस्तरीय प्रतियोगितामा कम रुची तथा युरोप र अमेरिका जानआउन लामो समयको यात्रा गर्नुपर्ने बाध्यताका कारण शीर्ष युरोपेली देशहरुले विश्वकपमा सहभागी हुन अस्वीकार गर्दैै आएका थिए ।

पहिलो विश्वकप एकमात्र त्यस्तो प्रतियोगिता बन्यो जहाँ सहभागी हुन सबै देशलाई कुनै मापदण्डविना आमन्त्रण गरिएको थियो । विश्वकपमा सहभागी १३ मध्ये ७ टिम अमेरिकी क्षेत्रका थिए ।

बेल्जियम, फ्रान्स, रोमानिया र युगोस्लाभियाले प्रतियोगिताको निर्धारित मितिभन्दा दुई महिनाअघि मात्रै आफ्नो सहभागिताबारे निर्णय गरेका थिए । चारै टिम एउटै जहाजमार्फत आयोजनास्थल मोन्टेभिडियो शहरमा पुगेका थिए । आन्द्र महासागरको लामो यात्राका कारण उनीहरुले महत्वपूर्ण प्रशिक्षण सत्रसमेत गुमाएका थिए ।

लगातार दुई ओलम्पिक स्वर्ण पदक जित्नुका साथै आयोजक मुलुक हुनुका नाताले उरुग्वे प्रतियोगिताको प्रमुख उपाधि दावेदार थियो । सबैको अनुमानअनुसार उरुग्वे अपराजित रहँदै विश्वकपको उपाधि उचाल्यो ।

फाइनलमा आयोजक र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा मैदान भित्र र बाहिर पनि उत्तिकै चर्काचर्की देखियो । हजारौंको संख्यामा अर्जेन्टिनी समर्थक समुद्री डुंगामार्फत उरुग्वेको राजधानी पुगेका थिए । रंगशालामा उनीहरुबाट हतियारसमेत बरामत भएको थियो ।

घरेलु टिमले सुरुवाती अग्रता लिए पनि पहिलो हाफमा २-१ ले पछि परेको थियो । तर, उरुग्वेले खेलको अन्तिमसम्म ४-२ को जितसहित पहिलो विश्व च्याम्पियन बनेर इतिहास राख्न सफल रह्यो ।

आफ्नो स्थापनाको साढे दुई दशकपछि विश्व फुटबलको नियामक निकाय फिफाले आर्थिक, राजनीतिक र व्यवस्थापकीय कठिनाईका बीच १३ देशलाई आफ्नो झण्डामूनि एकत्रित गर्न सफल रह्यो ।

एउटा व्यवसायिक प्रतियोगिताको सहभागिताले संसारभर फुटबलको विकास र मान्यताको सुरुवात गरिदियो । प्रतियोगितापछि संसारभरका ठूला संस्थाहरुले खेलाडीलाई रोजगार दिने प्रचलन सुरु भयो ।

प्रतियोगिताले ओझेलमा परेका देशहरुको फुटबल प्रतिभाले प्रस्फुटन हुने अवसर पाए । जस्तै संयुक्त राज्य अमेरिका, युगोस्लाभिया टिम सेमिफाइनलसम्म पुगे । रंगशालामा हजारौंको संख्यामा दर्शकको भीड र संसारभरबाट समर्थकको प्रार्थानाले विश्वकप खेलहरुमा मानिसको रुथी ह्वात्तै बढेको पाइयो ।

विश्वकपको पहिलो ह्याट्रिक अर्जेन्टिनाका गुइलेर्मो स्टेविलले गरेका थिए । युरोपका साम्भ्रान्त भनिएका देशहरु बाहिर रहँदा त्यहाँका खेलाडीहरुले विश्व मन्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर गुमाउन बाध्य रहे । समर्थक पनि महादेशका सर्वश्रेष्ठ केहि फुटबलरलाई देख्ने अवसरबाट बन्चित भए ।
फाइनलअघि अर्जेन्टिनाका खेलाडी र समर्थक घरेलु समर्थकको निशानामा थिए । उरुग्वे आएका केहि अर्जेन्टिनी समर्थकले उरुग्वेका जनताबाट दुव्र्यवहारको सामना गर्नुपरेको थियो । जसले गर्दा अर्जेन्टिनामा उरुग्वेको दूतावासमा हमला र तोडफोड भएको थियो । जसले दुवै देशबीचको सम्भन्धमै दरार उत्पन्न भएको थियो ।

तथ्यांकमा पहिलो विश्वकप

आयोजकः उरुग्वे
टिमः १३
फर्म्याटः नकआउट, सेमिफाइनल, फाइनल
खेलः १८
गोलः ७०
विजेताः उरुग्वे
उपविजेताः अर्जेन्टिना
गोल्डेन बुटः गुइलेर्मो स्टेवल (अर्जेन्टिना)

उरूग्वे पहिलाे विश्वकप फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय