+
+

कांग्रेसलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १८:१२

२२ कात्तिक, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका नेपाली कांग्रेस (वीपी)का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् ।

प्रजातान्त्रिक समाजवादको आदर्श र मूल्य मान्यताबाट मात्र मुलुकको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने जनाउँदै उनले नेपाली कांग्रेसका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गरको घोषणा गरेका छन् ।

पौडेलसँगै प्रदेशसभाका समानुपातिक तर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउँदै थापा र रानालाई समर्थन गर्ने बताएका छन् । पौडेल र पोखरेल दुबैले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणासँगै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन ।

क्षत्रीले आफनो उम्मेदवारी निष्क्रिय बनाएसँगै स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ मा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?