
सीतापाइलाबाट खिचिएको चन्द्रग्रहणको मल्टिएक्सपोजर तस्वीर ।
२२ कात्तिक, काठमाडौं । मंगलबार साँझ ५ :११ मा सुरु भएको चन्द्रग्रहण बेलुका ६:३४ मा सकिएको छ । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएर देखिने चन्द्रग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले यो ग्रहणलाई खग्रास भनिएको छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५ :२७ बजे ग्रहणको उन्मिलन भएको थियो ।
नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको थियो । अनलाइनखबरका फोटोपत्रकारहरुले काठमाडौंको सीतापाइला, चोभार र ललितपुरको ग्वार्कोबाट चन्द्रग्रहणको तस्वीर खिचेका छन् ।
हेर्नुहोस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4