
२२ कात्तिक,बुटवल । भारतबाट भन्सार छली नेपाल भित्राइएको २ करोड बढीको सामान सहित एक जनालाई भन्सार कार्यालयले पक्राउ गरेको छ ।
तस्करीको सामान आउँदै गरेको सुराकीका आधारमा भैरहवा भन्सार कार्यालयले बुटवलको तिनाउ पुल नजिकको गोदाम तथा कपिलवस्तुको पकडी र चाकाचौडा सामान बरामद गरेको हो ।
भन्सार कार्यालयले उच्च मूल्य र भन्सार महशुल बढी रहेका सूर्ती, लत्ता कपडा, जुत्ता चप्पल, फेन्सीजन्य सामान बरामद गरेको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलका अनुसार दुई ट्रक सामानसहित एक जना चालक पक्राउ परेका छन् ।
निर्वाचनको बेलामा सुरक्षाकर्मीको बाक्लो परिचालन हुंदा पनि ठूलो मात्रामा भन्सार छलेर सामान भित्रिएको फेला परेपछि गम्भीर प्रश्न उब्जेको भन्सार कार्यालयको भनाई छ ।
बरामद सबै सामानको लिलाम हुने र भन्सार छलीमा संलग्नलाई पक्रा गरी मुद्धा दर्ता हुने भन्सार कार्यालय प्रमुख प्रमुख पौडेलले बताए ।
प्रतिक्रिया 4