
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ ।
अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।
यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4