+
+

सप्तरीमा प्रचार सामग्री हटाउँदै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १०:३२

२३ कात्तिक, सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले ह६ाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताए ।

उनका अनुसार सार्वजनिक यातायातमा राखिएको दलको झन्डासमेत खोल्न लगाइएको छ ।

सप्तरी-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?