
२३ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारका कारण देशको अर्थतन्त्र निराशाजनक बनेको बताएका छन् ।
अर्थतन्त्रका धेरै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महंगी, बेरोजगारी र तीब्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे ।
रुपन्देहीको सैनामैनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राष्ट्र बैंकले हालै प्रकाशित गरेकोे तथ्यांकमा अधिकांश आर्थिक सूचकांकहरु नकारात्मक देखिएको बताउँदै देश निराशाजनक स्थितिमा पुगेको टिप्पणी गरे ।
एमाले सरकार ढालेर ५ दलको सरकार बनेपछि प्रदेशहरुमा मन्त्रालय र मन्त्रीको संखया दोब्बर तेब्बर बनाइदा ठूलो मात्रामा अनुत्पादक चालु खर्च वृद्धि हुँदा ंअर्थतन्त्रमा नकारात्मक असर परेको उनले टिप्पणी गरे ।
‘पछिल्लो तथ्याङ्क अनुसार मुलुकको मुद्रास्फीति ८ दशमलव ६४ प्रतिशत छ, जबकि अघिल्लो वर्षको यही अवधिमा ३ दशमलव ४९ थियो’, पौडेलले भने, ‘आर्थिक मन्दी, चरम मुल्यवृद्धि र बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक बढेको छ ।’
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए ।
प्रतिक्रिया 4