
२३ कात्तिक, धनकुटा । बैंकको चर्को ब्याजदर विरुद्धमा उद्योग वाणिज्य संघ धनकुटाले बुधबार प्रदर्शन गरेको छ । बैंक व्यवसायीको सहारा भएपनि पछिल्लो समय चर्को ब्याजका कारण समस्यामा पारेको भन्दै प्रदर्शन गरिएको उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।
धनकुटाको भीमनारायण चोकबाट सुरु भएको विरोध र्याली भीमसेन थान, परिचय मोड, हुलाक टोल हुँदै मदन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
चालु पूँजी निर्देशिका स्थगित गर, बैंक हामीलाई प्यारो छ ब्याज वृद्धिले गाह्रो छ, उद्योगीहरुलाई ब्याजदरले आतंकित पारेर देशको विकास हुँदैन, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दै छ, ब्याजदरमा स्थिरता देऊ, बैंकिङ आतंक बन्द गर उल्लेखित प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4