
२४ कात्तिक, हेटौंडा । मकवानपुरको बकैया–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट हात्तिसुढेतर्फ गैरहेको बा प्र ०३–००१ त ३४१ नम्वरको ट्याक्टर बुधबार राति ९ बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
ट्याक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरीका २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सबार बागमती–५ कै ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ट्याक्टर चालक तथा ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4