
काठमाडौं । काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ ।
मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो ।
मेयरमा निर्वाचित भएपछि पहिलोपटक हिडन ट्रेजरले बालेनलाई बधाई दिएको हो । महानगरले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा मिस नेपालसँग सहकार्य गर्नेबारे छलफल भएको निर्देशक कंसाकारले जानकारी दिए ।
भविष्यमा मिस नेपाललाई महानगरको सद्भावना दूतको रुपमा नियुक्त गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो । हिडन ट्रेजरले सम्पदा संरक्षणमा समेत कार्य गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4