+

२२औं आहा ! रारा गोल्डकप पुस १२ देखि

२०७९ कात्तिक  २४ गते १६:१३ २०७९ कात्तिक २४ गते १६:१३
२२औं आहा ! रारा गोल्डकप पुस १२ देखि

२३ कात्तिक, पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण आगामी पुसमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आहा ! रारा गोल्डकपका लागि पुस १२ देखि २३ सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ । एन्फाले मिति प्राप्त भएपछि २२ औं संस्करणको तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा विभागीयसहित ‘ए’ डिभिजन क्लब, विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुने बाइएको छ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । विगतमा जस्तै सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडलको प्रायोजन गर्नेछ ।

गत संस्करणमा फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपीएफले पहिलो पटक उपाधि जितेको थियो ।

आहा रारा गोल्डकप पाेखरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय