
काठमाडौं । आगामी मंसिर २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डेसान : द एपिडेमिक’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
कमल एक्चै मगर निर्देशित फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान र पुनम थापाको प्रमुख भूमिका छ । फिल्म विवाहेत्तर सम्बन्ध र यसको सामाजिक प्रभावको कथावस्तुमा आधारित छ । दम्पतीको वैवाहिक सम्बन्धबीचमा नम्रता सापकोटाको चरित्र घुसेपछि सम्बन्धमा आउने उतारचढावको केन्द्रीय द्वन्द्व वरपर फिल्म घुमेको छ ।
फिल्ममा कविता आले, शम्भुराज थापा, आरुसजंग शारु, कमला राना, मलाइका बस्नेत लगायतको अभिनय छ । पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्म सोसल ड्रामा जनरामा आधारित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4