
२४ कात्तिक, काठमाडौं । लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ ।
राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।
कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो ।
यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदका पूर्व महासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने ४७ भोट खाली थियो ।
अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो ।
योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ । लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक-पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन् ।
प्रतिक्रिया 4