+

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै

२०७९ कात्तिक  २५ गते १०:३६ २०७९ कात्तिक २५ गते १०:३६
साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै

२५ कात्तिक, काठमाडौं । बंगलादेशको ढाका भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ ।

बीएसएसएसएमके स्टेडियममा हुने उक्त खेल खेल्न मैदान उत्रँदा नेपालको राष्ट्रिय यू-१५ महिला टिमसामु ऐतिहासिक उपाधि जित्ने अवसर छ ।

नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जुनियर टिमहरु पनि बारम्बार चुक्दै आएका छन् ।

नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । समिकरण पनि स्पष्ट छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।

नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यो प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइएको छ । भुटान आफ्नो चारवटै खेलमा पराजित हुँदै अंकविहीन भएर घर फर्किसकेको छ ।

नेपालले खेलेको तीनवटै खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले भुटानलाई ७-०, बंगलादेशलाई १-० र भुटानलाई १-० ले पराजित गरेको थियो । उता बंगलादेशको दुई जित र एक हारबाट ६ अंक छ । भुटानलाई ८-० र ९-० ले पराजित गरेको बंगलादेश नेपालसँग भने पराजित भएको थियो । नेपालको गोल अन्तर ९ छ भने बंगलादेशको गोल अन्तर १६ छ ।

त्यसैले नेपालले बंगलादेशसँग हार जसरी भए पनि टार्नुपर्छ । च्याम्पियनसिपमा यअसघि खेलेको खेलमा नेपालले वर्षा ओलीको एक मात्र गोलमा बंगलादेशलाई पराजित गरेको थियो । प्रतियोगितामा बंगलादेशका सौरभवी अकान्डा प्रितीले दुई ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी छन् ।

नेपालकी वर्षा ओलीले एक ह्याट्रिकसहित ५ गोल गरेर दोस्रो स्थानमा छिन् । सुक्रिया मिया र सेनु परियारले समान दुई गोल गरेका छन् ।

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल पहिलो पटक उपाधि नजिक छ ।

यसअघि २०१९ मा बंगलादेशमै भएको तेस्रो संस्करणमा नेपाल तेस्रो भएको थियो र त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । अहिलेसम्म भएका तीन संस्करणमध्ये बंगलादेशले दुई र भारतले एक पटक उपाधि जितेको छ ।

यू-१५ साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०